मन्त्रिपरिषद् बैठक निर्णय

राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य

काठमाडौं । सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्यलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।  मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रधानमन्त्रीले पद तथा गोपनीयताको सपथ खुवाउने कानुनी व्यवस्था छ ।

सूचना आयुक्तमा नियुक्त भएका विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् भने अर्का भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *