प्रदर्शनमा उत्रिए ‘तेल भिसा’ र ‘अग्निदहन’

काठमाडौँ । आज शुक्रवारदेखि सिनेमा घरहरूमा चलचित्र ‘तेल भिसा’ र ‘अग्रिदहन’ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘तेल भिसा’मा कलाकार विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको छ ।

यस चलचित्रलाई ऋचा घिमिरेले प्रस्तुति र शंकर घिमिरेले निर्देशन गरेका हुन् । बुहारी स्याहार्न विदेश गएको सासुले अमेरिका पुगेपछि भोग्नुपरेको कानुनी झमेलालाई यस चलचित्रमा समेटेको छ । चलचित्रले डायस्पोराको ममस्पर्शी कथा प्रस्तुत गर्छ। चलचित्रमा दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन् ।

विपिन र वर्षासहित फिल्ममा पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ ।

यस फिल्मलाई अनिल पाण्डे र शिवराज कार्कीले निर्माण गरेका हुन् । फिल्म नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको छ । चलचित्रको कथा शंकर घिमिरेले नै लेखेका हुन् ।

त्यस्तै बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’ पनि सँगै प्रदर्शनमा आएको हो ।

घनश्याम लामिछाने निर्देशित चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।

कोविदशरण उपाध्यायको परिकल्पना रहेको चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद रहेको छ ।

यस चलचित्रलाई नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसमेत हेरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *