रविलक्षित प्रधानमन्त्रीको टिप्पणी : ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरूलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गरे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
शुक्रवार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उनले सरकारले ठगी र अपराध गर्नेहरूलाई नसहने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले भने ‘कुनैपनि खालको अपराध, अराजकताहरू जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । र यस्ता कुराहरूलाई हामी प्रोत्साहित गर्न सक्दैनौ भन्नेकुरा म स्पष्ट गर्न चाहन्छु । हिन्दीमा एउटा भनाई छ–उल्टै चोर कोटवालको डाँठे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएछ । यस्तै यहाँ त उल्टै सहकारीमा ठगेको कति कति प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ? अरूलाई गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार सैह्य हुनेछैन । कुनैपनि प्रकारको ठगी सैह्य हुनेछैन । कुनैपनि प्रकारको मानव तस्करी सैह्य हुनेछैन । नेकपा एमाले र अहिलेको सरकारले जोसुकै होस्–अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ । त्यो मैले पहिलेदेखि नै भनेको छु ।’
प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप फाल्तु भएको जिकिर गर्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहोर्याए । उनले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडौँ रकम राखेको भन्नेहरूले प्रमाण ल्याउन पनि चुनौती दिए ।
प्रधानमन्त्री ओलीले भने ‘म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु–तपाईँहरू नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएको छ । तपाईँहरू के साँच्चै बहस गर्न सक्नुहुन्छ रु नेकपा एमालेसँग । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भनिदिए त भयो नि–कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर स्विस बैंकमा यति हजार । अब तपाईँहरू त हेर्न जान सक्नुहुन्न । भनिदिए भयो । त्यो मात्रै किन भन्ने रु अमेरिका, अमेरिकाको आधा सम्पत्ति मेरै हो । भनी देउन भन्नका लागि । यस्ता फाल्तु कुराहरू गरेर केही पनि हुनेछैन । तर कसले आफ्ना आफन्तलाई अकुत सम्पत्ति थुपारेर सात पुस्ता परसम्मका गोरु बेचेका साहिनोसम्मका साधारण पारिवारिक अवस्था गरिब अवस्थाबाट अर्बौँका मालिक, करोडौँका मालिक कसले बनाएको छ रु बसेर छलफल गर्न, बहस गर्न हामी तयार छौँ । म त्यतापट्टी जान चाहन्न । मलाई कुनै दन्तबजान गर्नु छैन । ’
प्रधानमन्त्री ओलीले आफन्तहरूलाई समेत पुग्नेगरी सम्पत्ति जोड्ने कामहरु भइरहेको आरोप पनि लगाए ।