मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन
मकालु खबर
२०८१ मंसिर ७ गते
काठमाडौँ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरूले प्रदर्शन गरेका छन् ।
प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरू आन्दोलित भएका हुन् ।
मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरू छन् । उनीहरूले प्रदेश सरकारले आफूहरूको माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन् । अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन नसकेको आरोप शहीद परिवारको छ । तर जनमत नेतृत्वको सरकार गठन भए लगत्तै सो सेवा सुविधाबाट वञ्चित गरिएको आरोप मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको छ ।
मुख्यमन्त्री समक्ष पटकपटक धाएपनि कुनै सुनुवाइ नभएको उनको भनाई छ ।
मकालु खबर
२०८१ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित