प्रेस विज्ञप्ति

गरिमा बैंकको १८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएको यस बैंकले मंसिर ०७ गते शुक्रवार देशभरि निम्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको हो ।

  • विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरेको छ ।
  • विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।
  • विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।
  • विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।
  • विकास बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।
  • विकास बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।
  • विकास बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।
  • विकास बैंकको शाखा कार्यालय, वीरगन्जमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।
  • जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान ।
  • कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान ।
  • कान्ति बाल अस्पताल, काठमाडौँमा वेटिङ्ग कुर्सी प्रदान ।
  • बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान ।
  • श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरूलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण ।
  • जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक प्रदान ।
  • श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान ।
  • मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण ।
  • श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसमको पोसाक वितरण ।
  • श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरूलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण ।

त्यसै गरी ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ बैंकले शनिवारका दिन आयोजना गर्ने जनाएको छ ।

किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः रु.७५,०००,६०,०००, ४५,०००, ३०००० र १५,००० पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ ।

खुल्ला र कर्पोरेट तर्फको प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *