बढ्यो न्यानो कपडाको किनमेल (तस्बिरहरु)

जाडो याम सुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौं उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ ।

जाडोले सबैलाई सताउँछ । त्यसैले पनि जाडो याममा न्यानो-न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ । चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्धवृद्धालाई बढी सताउँछ ।

त्यसैले पनि बालबालिका र वृद्धवृद्धाहरुलाई न्यानो कपडा लगाउन दिनुपर्छ । अझ बालबालिकाहरूको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । आफूलाई चिसो महसुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले उनीहरूलाई कस्तो कपडा लगाइदिने भन्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *