माओवादी केन्द्रका नेता राईको निधन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट ग्रसित पूर्वमन्त्री समेत रहेका राईको उपचारका क्रममा शनिबार काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।

भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय उनी हाल केन्द्रीय सदस्य थिए । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले राईको निधनले दु:खित बनाएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *