बन्दीपुरमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण
मकालु खबर
२०८१ मंसिर ९ गते
बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका-४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा गुम्बा निर्माण गरिएको हो ।
गुम्बा बनाउन उनले रु १० लाख पाँच सय ६५ सहयोग गरेका थिए । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ ।भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उनले बताए ।
गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा उनजस्ता धेरैको खाँचो रहेको उनको भनाई छ । रासस
मकालु खबर
२०८१ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित