सिनामंगलको होटलमा युवायुवती मृत भेटिए

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवक युवती मृत अवस्थामा भेटिएका छन् । आइतबार होलट जन्मभूमिको एउटा कोठामा सुनसरीका करिब २५–२६ वर्षीय रमेश माझी र त्यस्तै उमेरकी एक युवती मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घटनाको थप विवरण संकलन गर्ने काम जारी छ । मृतक युवतीको नाम खुल्न नसकेको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *