गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु
मकालु खबर
२०८१ मंसिर ९ गते
काठमाडौँ । गाजा पट्टीमा इजरायली आक्रमणमा १७ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।
उत्तरी गाजापट्टीको गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायटोन छिमेकमा रहेको एउटा घरमा इजरायली आक्रमणबाट तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको वाफाले जनाएको हो ।
दक्षिणी गाजा पट्टीको खान युनिसमा तीनवटा घरमा भएको गोलाबारीमा बालबालिका सहित नौ व्यक्तिको मृत्यु भएको छ ।
यसले मध्य गाजाको नुसेरात शिविरमा रहेको एउटा अपार्टमेन्टमा बम विष्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।
इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीहरूको मृत्यु हुने संख्या ४४ हजार ५६ पुगेको छ ।
मकालु खबर
२०८१ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित