…अनी लगाए वडाध्यक्षले आफ्नै वडा कार्यालयमा ताला
मकालु खबर
२०८१ मंसिर ९ गते
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष इन्द्र चौलागाईंले आफ्नै वडा कार्यालयमा ताला लगाएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस विषयमा जानकारी गराएका छन् ।
उनले कर्मचारी नहुञ्जेलसम्मका लागि कार्यालय बन्द गरिएको जानकारी दिए । चौलगाईँले वडा कार्यालयमा एक जना पनि कर्मचारी नभएकाले आफैँले तालाबन्दी गरिदिएको बताए ।
नागरिकहरु विभिन्न सेवाका लागि कार्यालयमा आउने गरेको भएपनि कर्मचारी नभएपछि आफुले सेवा दिन नसक्ने उनले बताए । उनले छिट्टै नै कर्मचारी नपठाए नगरपालिकामा गएर आन्दोलन गर्ने समेत बताए ।
मकालु खबर
२०८१ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित