१० प्रतिशतले घट्यो सुन चाँदीको भन्सारदर

काठमाडौं । अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएको छ । २० प्रतिशत भन्सार शुल्क लाग्दै आएकामा १० प्रतिशतमा झारिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आर्थिक ऐन, २०८१ को दफा १८ को उपदफा (२) र उपदफा (३) बमोजिमको भन्सार महसुल छुटसम्बन्धी निर्णय अर्थ मन्त्रालयबाटै गर्न भनेर स्वीकृति दिएपछि मन्त्रालयले सोही अनुसार महसुलदर घटाएको हो ।

मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, चाँदीको पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ ।

भारतमा भन्सार महसुल कम र नेपालको भन्सार महसुल बढी भएकाले भारतबाट तस्करी बढेको भन्दै व्यवसायीहरूले भन्सार महसुल घटाउन दबाब दिँदै आएका थिए ।

भारतमा हाल सुनमा ६ प्रतिशतमात्र भन्सार रहेको व्यवसायीले बताएका छन् । नेपालमा हाल दैनिक २० किलोका दरले बैंकहरूले सुन आयात गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *