मुग्लिनमा ट्रक अनियन्त्रित भएर खस्दा दुई जनाको मृत्यु
मकालु खबर
२०८१ मंसिर १० गते
चितवन । मुग्लिन–नरायणघाट सडकखण्डमा भएको ट्रक दूर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।
आइतबार साँझ भएको दुर्घटनामा परी मकवानपुर गडी गाउँपालिका निवासी दिपक दाहाल र श्याम बजगाईंको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । ईच्छाकामना गाउँपालिका-६ नौकिलोमा बा.प्र.०३००१ ख ३४९० नम्वरको चामल बोकेको सो ट्रक आफैं अनियन्त्रित भई दुर्घटनामा भएको हो ।
सो दूर्घटनामा घाइते भएका तीन जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०८१ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित