एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धा हेर्न नभ्याउनेमा
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दानमा दिएको भनिएको जग्गाविरुद्ध दायर रिट हेर्न नभ्याइनेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सोमबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।
यसअघि पेसी तोकिएपनि स्थगित हुँदै आएको थियो । २०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् ।