धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मकालु खबर
२०८१ मंसिर १० गते
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
यससँगै धितोपत्र बोर्डले ११ महिनापछि नेतृत्व पाएको छ । श्रेष्ठ स्याङ्जाका हुन् ।
सेबोनको अध्यक्षका लागि श्रेष्ठसँगै सेबोनका कार्यकारी निर्देशकद्धय डा.नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम सिफारिस गरिएको थियो ।
यद्यपि मन्त्रीपरिषद्ले सन्तोषनारायणलाई सेबोनको अध्यक्षमा नियुक्त गर्यो ।
मकालु खबर
२०८१ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित