दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगियो
मकालु खबर
२०८१ मंसिर ११ गते
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत लगिएको छ ।
प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उनका छोरा नीराजनले मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले उनलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो । सोही आदेश अनुसार प्रसाईँलाई अदालत लगिएको हो ।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक भिडिओ सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रसाईँले प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका थिए ।
प्रसाईँलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित