अदालत लगिएका प्रसाईँलाई वीर अस्पताल फर्काइयो
मकालु खबर
२०८१ मंसिर ११ गते
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतबाट अस्पताल फर्काइएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएका प्रसाईँलाई वीर अस्पताल फर्काइएको हो ।
प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै उनका छोरा नीराजनले मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा अदालतले उनलाई अदालतमा उपस्थित गराउने आदेश दियो । सोही आदेश अनुसार प्रसाईँलाई अदालत लगिएको थियो ।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक भिडिओ सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रसाईँले प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको आरोप लगाएका थिए । प्रसाईँलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित