नेपालमा रोजगारीको अवसर हुँदै नभएको भन्ने होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा रोजगारीको अवसर छैन भन्नेकुरा सही नभएको बताएका हुन् ।

सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताउका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा उपयुक्त खालको आकर्षक रोजगारीको अवसर भने नभएको सत्य भएको बताएका हुन् ।

नेपालमा रोजगारीको अवसर नभएर खाना नपाउने खालको हाहाकारस्थिति भयो भन्नेकुरा साच्चो नभएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले जनतालाई उपयुक्त खालको अवसर दिनका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्थालाई अघि बढाएको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले भने– ‘नेपालमा जब अपरच्युनिटी छँदैछैन भन्ने होइन । उपयुक्त खालको भएन, आकर्षक खालको भएन । एउटा कुरा त्यो हो । जब अपरच्यूनिटी नपाएर नेपालमा खाना नै नपाउने हाहाकारको स्थिति भयो भन्ने होइन । तर उपयुक्त खालको मान्छेले भनेजस्तो जब अपरच्युनिटी भएन । भनेजस्तो आकर्षक इन्कम भएन, वचतको स्थिति भएन । यी कुराहरु साँचो हुन । जुन अवस्थालाई बदल्नु पर्छ । र हामीले नयाँ ठाउँमा पुग्नुपर्दछ । यिनै प्रयासहरु अन्तर्गतको प्रयासको हो सामाजिक सुरक्षा । योगदानमा आधारित सामाजिक सुरक्षा । ’

प्रधानमन्त्री ओलीले नेपालमा कल्पना गर्न नसकिने खालको परिवर्तनहरु भएको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *