सहकारीका कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा कार्यरत कर्मचारीहरुलाई समेत योगदानमा आधारित सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हजारौं मान्छेहरु कर्मचारीको रुपमा सहकारीमा आवद्ध रहेको उल्लेख गर्दै उनिहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

उनले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन केही कानूनी जटिलताहरु रहेको उल्लेख गर्दै नमिलेका कानून, ऐन र विधिहरु समयानुकुल बनाउन सरकारले चासो दिएको बताए । उहाँले सहकारीहरु देखिएको समस्यालाई लिएर भ्रम फैलाइएको समेत बताए ।

मुलुकमा ३१ हजारबढी सहकारी रहेको भएपनि एक दुई सय सहकारीमा देखिएको समस्यालाई लिएर प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मन्त्री अधिकारीले थोरै सहकारीहरुले बद्मासी गरेको भएपनि सबै सहकारीहरु खराब हुन् भन्ने प्रचार गरिएको उल्लेख गर्दै यसलाई चिर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *