काठमाडौं विश्वविद्यालयमा नौ जना साधकलाई सम्मान
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)मा आज एक कार्यक्रमकाबीच नौ जना साधक–स्रष्टाको सम्मान गरिएको छ ।
केयूको समन्वय तथा सञ्चार महाशाखाले विसं २००७ सालअघि काभ्रेपलाञ्चोकमा जन्मिएर हालसम्म साधनारत उनीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा मूर्तिकार ठाकुरप्रसाद मैनाली, गीतकार किरण खरेल, चलचित्रकर्मी यादव खरेल, महाकाव्यकार रमेश खकुरेल, कवि वंशी श्रेष्ठ, बाल साहित्यकार कन्हैया नासननी, ललित कलाकार केके कर्माचार्य, साहित्यिक पत्रकार मोहन दुवाल र गायक मच्छेश्वर सापकोटा छन् ।
उनीहरुलाई विश्वविद्यालयका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा, उपकुलकुलपति डा.भोला थापा तथा रजिष्ट्रार डा अच्युत वाग्लेले संयुक्तरूपमा दोसल्ला ओडाएर सम्मान पत्रसहितका सामग्री प्रदान गरेका थिए ।
कार्यक्रममा शर्माले सम्मानित व्यक्तित्वको योगदानको चर्चा गर्दै जिल्लाको मात्र नभई देशकै प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित रहेका उल्लेख गर्दै शिक्षा कहिल्यै नमर्ने र कहिल्यै नसकिने ज्ञान भएकाले आआफ्नो स्थानबाट देश र समाजलाई सुसूचित गराउन उल्लेख्य भूमिका खलेको बताए । थापाले सबै क्षेत्रमा रहेर योगदान पुर्याउनेलाई विश्वविद्यालयले निरन्तर सम्मान गर्ने बताए ।