उपनिर्वाचन : स्वतन्त्र उम्मेदवारको समर्थन रास्वपालाई

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का स्वतन्त्र उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गरेका छन् । वडाध्यक्षका स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिँदै रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गरेको बताएका छन् ।

मंगलबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर समर्थनको घोषणा गरिएको हो । ‘पछिल्लो राजनीतिक विभिन्न पक्षहरूको विश्लेषण गर्दा रास्वपाको तर्फबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ एक सशक्त उम्मेदवार भएको अनुभूति भयो,’ पन्तले समर्थन पत्रमा उल्लेख गरेका छन् ।

रास्वपाको प्रतिबद्धता पत्र र आफ्नो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको बताउँदै उनले भने, ‘यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति गरेका हौं । उहाँलाई विजयी गराएर यस वडामार्फत् महानगरपालिकाको समग्र विकासको लागि महत्वपूर्ण योगदान दिन सकिन्छ भन्ने विश्वासले उहाँलाई समर्थन गरेको छु । साथै स्वतन्त्र उम्मेदवारी मार्फत् वडा नं १६ बनाउने पवित्र उद्देश्य बोकी वडा अध्यक्षको प्रतिस्पर्धामा होमिनुभएका सबै स्वतन्त्र अभियन्ता उम्मेदवार साथीहरुलाई पनि यो अभियानमा जोडिएर साथ दिनुहुन हार्दिक अपील गर्दछु ।’ यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *