नेतृत्वविरुद्ध बोल्दा प्रदेश सांसदलाई एमालेबाट हटाइयो
नेपालगञ्ज । नेकपा (एमाले) बाँकेले पार्टी अनुशासनविपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ ।
पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसायका साथ पार्टी अध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्यमान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८ (९३०) र (९४०) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१ (९७०) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरूङले जानकारी दिए ।
अध्यक्ष गुरूङले लगातार पार्टी नेता र पार्टीविरूद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएको उल्लेख गर्नुभएको छ । प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारू लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पूर्वमाओवादी सेनामा रहेका थारू नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिवसम्म भएका थिए ।
प्रदेश सदस्य चौधरीले निलम्बनको विषय विधानसम्मत नभएको उल्लेख गर्दै आफूलाई औपचारिक रूपमा कुनै पत्र प्राप्त नभएको बताए ।