अघिल्ला दुई दिन ह्वात्तै घटेको सुनको मूल्य आज बढ्यो

काठमाडौं । नेपाली बजारमा दुई दिन लगातार घटेको सुन साताको चौथो कारोबार दिन बढेको छ । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य तोलामा ९ सय रुपैयाँले उकालो लागेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *