फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

काठमाडौँ । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधवार प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।

उनीहरूले फोटो पत्रकारहरूका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन् । फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उनीहरूको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *