बाजागाजासहित प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा (तस्बिरहरू)
मकालु खबर
२०८१ मंसिर १२ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यापु दिवसका लागि निमन्त्रणा दिइएको छ ।
नेवारी समुदायको अगुवाहरूले प्रधानमन्त्री ओलीलाई बाजागाजासहित २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिएका हुन् ।
ज्यापु दिवस (योमरि पुन्ही) मङ्सिर ३० गते मनाइँदै छ ।
निमन्त्रणा पाएपछि प्रधानमन्त्री ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताए ।
उनले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकोले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्वित गर्ने बताए ।
उनले नेवार संस्कृति परिमार्जित र परिष्कृत संस्कृति रहेको बताए ।
मकालु खबर
२०८१ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित