सर्वोच्च अदालतले माग्यो रास्वपा नेताको भाषणको पूर्णपाठ

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले बोलेको भाषणहरूको पूर्णपाठ मागेको छ ।

अदालतले रास्वपाका नेता र सांसदहरूले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश दिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनलाई गम्भीर रूपमा लिँदै अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधवार आदेश गर्दै निवेदकलाई सम्पूर्ण कागजातहरू पेस गर्न भनेको छ ।

सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न आदेश दिएको हो ।

रास्वपाका नेताहरूले सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरेका थिए ।

उनीहरूले आन्दोलनका क्रममा अदालतको अपमान हुने गरी चर्को भाषण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *