चीन जानुअघि प्रधानमन्त्री ओलीले बोलाए क्याबिनेट, के छन् प्रमुख एजेन्डा ?
मकालु खबर
२०८१ मंसिर १३ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न गरी बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डाबारे छलफल हुनेछ । उनी मंसिर १७ गते ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाने तय भएको छ ।
मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्नेछिन् । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।
मकालु खबर
२०८१ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित