लामिछानेलाई काठमाडौं प्रहरीको हिरासतमा राखियो

काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई पोखराबाट बिहीबा साँझ काठमाडौ ल्याइएको थियो । कोशी प्रदेशका पूर्व मन्त्री लीलाबल्लभ अधिकारीलाई राखिएकै कोठामा लामिछानेलाई राखिएको छ ।

सोही सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । लामिछाने र जोशी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *