लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्की दिएको आरोपमा एक पक्राउ

काठमाडौँ । लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।

नेपालका व्यवसायीलाई लरेन्स विश्नोइको नाममा धम्की दिएको भन्दै ब्यूरोले उक्त व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा घर भएका हरि प्रसाद फुयाँल रहेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

बोगटीका अनुसार फुयाँलले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेका थिए ।

उनले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर बैंकर र अन्य व्यवसाय गर्नेहरूलाई धम्क्याउँदै आएको बताए । जसमध्ये ६ जनाले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका छन् ।

फोन गर्नेहरूले दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उनलाई आर्थिक सहयोग गर्न भनेका छन् । त्यसपछि व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेको प्रवक्ता बोगटीले बताए ।

प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *