निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
काठमाडौं । आचार संहिता विपरीतका कार्य गर्ने ६ जना उम्मेदवारहरुलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
गएराति आयोगको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधिएको निर्वाचन अयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले मकालुखबरलाई बताइन् ।
कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ का ६ जना दलिय र स्वतन्त्र उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिएको हो ।
राजमान महर्जन(कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार),शिव शरण महर्जन (माओवादी केन्द्रबाट कीर्तिपुरको मेयरका उम्मेदवार),रोजिना श्रेष्ठ(राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट काठमाडौं १६ का उम्मेदवार),मीनबहादुर मानन्धर (काठमाडौं १६ नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार) लाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । काठमाडौं १६ कै वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पशुपति कठायत र सम शाक्यलाई पनि स्पष्टीकरण सोधिएको हो ।
यही मंसिर १६ गते देशभरका ४१ स्थानीय तहमा उपनिर्वाचन हुन गइरहेको छ ।