प्रेस विज्ञप्ति
कुमारी बैंक र भिजन कार्ट बिच सम्झौता
मकालु खबर
२०८१ मंसिर १४ गते
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुढानीलकण्ठ, काठमाडौँ स्थित भिजन कार्ट प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई शुल्क OPD र परीक्षणमा ४०% छुट (अधिकतम रू.४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५% सम्म छुट दिइनेछ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५% छुट, सनग्लासमा १० % छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बैंकले जनाएको छ ।
बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
मकालु खबर
२०८१ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित