मेडिकल व्यवसायी प्रसाईंका समर्थकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति*
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी हरिचन्द्र फुयाँललाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि म्याद दिइएको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(सीआईबी)ले जनाएको छ । उनी बिहीबार पक्राउ परेका थिए ।
दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति
यस्तै जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईं यही मंसिर ४ गते भक्तपुरस्थित अफ्नै निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए । प्रसाई दुई महिनाको अवधिमा दोस्रो पटक पक्राउ परेका हन् ।
यसअघि उनी गत असोज ६ गते पनि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका थिए ।
यसअघि समाचारमा मेडिकल व्यवसायी प्रसाईंको सहयोगी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।