खोलामा डुबेर १८ वर्षका राजीव र जितेन्द्रको मृत्यु
मकालु खबर
२०८१ मंसिर १५ गते
काठमाडौं । रौतहटमा पौडी खेल्ने क्रममा पानीमा डुबेर दुई युवकको मृत्यु भएको छ । गिरुडा-२ गेडहीगुठीस्थित लमाहा खोलामा डुबेर स्थानीय दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेमा गरुडा नपा-२ गेडाहीका देवालाल साहका छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहका छोरा १८ वर्षीय राजीव साह रहेका छन् । शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु दहमा डुबेका हुन् ।
अचेत अवस्थामा उद्धार गरेर नजिकैको अस्पताल पुर्याउँदा चिकित्सकले दुवै युवकलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
मकालु खबर
२०८१ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित