एनपीएल पहिलो खेल: विराटनगर किंग्सले जनकपुर बोल्टसलाई दियो १२८ रनको लक्ष्य
मकालु खबर
२०८१ मंसिर १५ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्टसलाई १२८ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा १२७ रन मात्र बनायो ।
विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडे भने अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।
बलिङतर्फ विराटनगरलाई अलआउट गर्ने क्रममा जनकपुरका ललित राजबंशीले ३ विकेट लिए भने, हर्ष थक्कर र किशोर महतोले दुईदुई र मोहमद मोहसिन र माइकले एकएक विकेट लिए ।
मकालु खबर
२०८१ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित