सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोसिस नगरे हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् ।

शनिवार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताए ।

उनले काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने बताए । कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोसिस नगर्न आग्रह गरे । उनले वर्तमान सरकारको विकल्पमा कोसिस नगरे राम्रो हुने बताए ।

उनले भने ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईँले सोध्नुहुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोसिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोसिस नगरे हुन्छ, त्यो व्यर्थको कोसिस हो । तपाईँहरूले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदै छ । यो सरकारको लाभ लिने हिसाबले तपाईँहरू अघि बढ्नुस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोसिसहरू सार्थक हुन नसक्ने दाबी गरे । अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतीत नगर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *