राजनीतिलाई सही दिशामा लैजान आवश्यक : माधव नेपाल

काठमाडौँ । नकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिलाई सही दिशामा लैजानको निम्ति कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताए । उनले मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गरे । उनले नेपालका नेताहरूभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट,पतित,स्वार्थी,मतलबी र देश बेच्ने प्रपञ्च रच्नेहरू पनि रहेको टिप्पणी गरे ।

उनले भने ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने रु यसको निम्ति कसरी कम्युनिष्ट आन्दोलनको सुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरू, मोहनविक्रम सिंह जस्ता योद्धाहरू जसले सबै चुनौतीहरूको सामना गर्दै आउनुभएको छ । अनेकौँ उत्ताचढावहरु सामना गर्नुभयो । झन्डै झन्डै कम्युनिष्ट आन्दोलनहरू सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो की भन्ने थियो । आँट गरेपछि पार नलाग्ने केही पनि छैन । सकारात्मक सोचका साथ लाग्नुपर्छ । तरपनि मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरूभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतित पनि छन्, स्वार्थी पनि छन् । मतलबी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिध्याउने पनि छन् । चुनौतीको सामना गर्ने हो ।’

अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरूले गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *