बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य, कति पुग्यो ?
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ ।बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १ सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा १सय ५९ पैयाँ र तेस्रो वर्गमा १ सय ६० रूपैयाँ तोकिएको छ ।
निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित