सहकारी ठगी प्रकरण

बयानका लागि छविलाल जोशीलाई चितवन ल्याइयो,लामिछानेलाई पनि ल्याइने

काठमाडौं । गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआइजी छविलाल जोशीलाई चितवन लगिएको छ । चितवनको भरतपुर स्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि आज उनलाई चितवन ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले मकालुखबरलाई जानकारी दिए । उनका अनुसार जोशीसंगै रामबहादुर खनालललाई पनि चितवन ल्याइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता पठाइने प्रहरीले जनाएको छ । एसपी मिश्रका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि चितवन ल्याइने छ ।

साहारा सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री लामिछानेसहित १० जनाविरुद्ध बचतकर्ताले यही मंसिर ५ गते जाहेरी दिएका थिए ।

अहिले रास्वपा सभापति लामिछानेमाथि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *