स्थानीय तह उपनिर्वाचन
उपनिर्वाचन : ४ बजेसम्म ६१ प्रतिशत मत खस्यो
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । देशभरका रिक्त ४१ स्थानीय तहमा आइतबार उपनिर्वाचन भइरहेको छ । नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
विहान ७ बजेदेखी भइरहेको निर्वाचनमा अपराह्न ४ बजेसम्मको अवधिमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले मकालुखबरलाई बताइन् ।
प्रवक्ता अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ ।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित