सानीभेरी-५ को वडाध्यक्षमा कांग्रेसको अग्रता,माओवादी पछ्याउँदै
मकालु खबर
२०८१ मंसिर १६ गते
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वानको जारी मतगणनामा नेपाली कांग्रेसका मोतिराम खत्रीले अग्रता लिएका छन् ।
उनले ५९० मत प्राप्त गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यहाँ जम्मा ११४६ मत खसेको थियो। सानीभेरी गाउँपालिका(५ को वडाध्यक्षमा एक स्वतन्त्रसहित चार चुनावी मैदानमा छन् ।
मकालु खबर
२०८१ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित