बाजुराको स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो, सुलोचनाले उल्टाइन् नतिजा

काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले) की सुलोचना भण्डारी निर्वाचित भएकी छन् ।

उनले १ हजार ७ सय ४० मत ल्याइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीले १ हजार ४ सय ७४ मत ल्याइन् । एकीकृत समाजवादीकी जपा शाहीले ५ सय ५३ मत ल्याइन् ।

त्यो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले एमालेलाई समर्थन गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका थिए । २०७९ सालको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *