धनुषाधाम-१ मा माओवादीले जित्यो वडाध्यक्ष, कांग्रेसलाई नोक्सान
मकालु खबर
२०८१ मंसिर १७ गते
काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर–१ मा नेकपा माओवादी विजयी भएको छ । माओवादीका सुनिल कुमार केवटले ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।
कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डललाई उनले ८२ मतको अन्तरले पराजित गरे । अशोकले ६०२ मत प्राप्त गरे भने जसपाका उम्मेदवार अजय कुमार यादवले ४ सय ९९, नेकपा एमालेका प्रमोद कुमार यादवले ३६५ मत ल्याए । काँग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधन भएपछि यस वडामा उपचुनाव भएको हो । यो वडा कांग्रेसको गढ मानिन्थ्यो ।
गत स्थानीय तह चुनावमा कांग्रेसका यादवले ६१८ मत ल्याएर निर्वातित हुँदा नेकपा एमालेका प्रमोदले ३७७ मत प्राप्त गरेका थिए । हाल निर्वाचित भएका माओवादीक केवटले ६६९ मत पाएका थिए ।
मकालु खबर
२०८१ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित