कीर्तिपुर ४ पनि कांग्रेसले निकाल्यो जित, एमाले तेस्रो

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भर्खरै सकिएका मतगणनाअनुसार कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १ हजार ५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

त्यहाँ स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् भने एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याए । माओवादीका नारायण विष्टले ३८१ मत ल्याउँदा राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याएका छन् ।

०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । यसपालि स्वतन्त्रबाट उनकी श्रीमती पविता खड्का उम्मेदवार थिइन् । त्यसबेला श्यामकुमारसँग कांग्रेसका राजेन्द्र बानियाँ पराजित भएका थिए । कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *