गौरीशंकर गाउँपालिकामा माओवादीको दोब्बर अग्रता

काठमाडौं । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

गौरिशंकर गाउँपालिका उपाध्यक्षमा माओवादीको अग्रता भएको छ । माओवादीकी निम लेकी शेर्पाले झन्डै दोब्बर मतान्तरले अग्रता लिएकी हुन् ।

उनले ८०९ मत पाउँदा एमालेकी उमा लुंगेली मगर शेर्पाले ४४७ मत ल्याएकी छन् ।

काँग्रेसकी पासदिकी तामाङले २४० मत पाएकी छन् भने रास्वपाकी गोमा श्रेष्ठले १८ मत ल्याएकी छन् ।

एकीकृत समाजवादीकी रविना खड्काले १४ र राप्रपाकी मनकुमारी श्रेष्ठले १२ मत ल्याइन् ।

यसअघि गौरीशंकर उपाध्यक्षमा नेपाली काँग्रेसका श्यामसुन्दर तामाङले जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *