रवि लामिछानेको बयान सकियो,पोखरा लगिने
मकालु खबर
२०८१ मंसिर १७ गते
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार सोमबार लामिछानेको बयान सकिएको हो । प्रहरीले शुक्रबारबाटै उनको बयान लिएको थियो । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो ।
लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो । बयानपछि लामिछानेलाई फेरि पोखरा लैजाने तयारी प्रहरीको छ । उनीमाथि सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित