कीर्तिपुर निर्वाचन अपडेट : एमालेलाई माओवादीले उछिन्यो,कांग्रेस अग्रस्थानमै

काठमाडौं । कीर्तिपुर नगरपालिकामा मतगणना जारी छ । नगर प्रमुख पदका लागि भइरहरेको मतगणनामा कांग्रेस अग्रस्थानमा कायम रहँदा नेकपा एमालेलाई नेकपा माओवादी केन्द्रले उछिनेको छ ।

कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको ५ हजार ६९ मत आउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४ हजार १ सय १९ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धरले ३ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् । अहिले अन्तिम वडाको मतगणना भइरहेको छ ।यसअघि नेकपा एमालेका मानन्धर माओवादी केन्द्रका उम्मेदवार महर्जनभन्दा अगाडि थिए ।

केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार ८ सय ७६ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।

यहाँ ११ स्वतन्त्र सहित २० जना चुनावी मैदानमा उत्रिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *