उदयपुरका दुइटै वडामा माओवादीको जित, यसअघि जितेको कांग्रेस तेस्रो

उदयपुरका दुइटै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका-१२ र वेलका नगरपालिका-९ मा माओवादी उम्मेदवार निर्वाचित भएका हुन् ।

नगरपालिका-९ मा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन् । नेकपा (एमाले)का उमेदवार मोहन खड्कालाई ३४ मतले हराउँदै घिमिरे निर्वाचित भएका हुन् ।

निर्वाचित भएका घिमिरेले ५५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी खड्काले ५२५ मत ल्याए । नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४ मत ल्याउँदा जनता समाजवादी पार्टीका रामकुमार राईले २०७ मत ल्याए ।

यसअघि २०७९ को निर्वाचनमा यी दुवै वडामा नेपाली कांग्रेस विजयी भएको थियो । त्रियुगा-१२ मा कांग्रेसका चुडाराज काफ्ले विजयी हुँदा यसपालि माओवादीबाट निर्वाचित भएका नवीनकुमार वान्तवा राई तेस्रो भएका थिए । यसपालि भने राई ३१५ मतान्तरसहित विजयी भए । उनका निकट प्रतिद्वन्द्वी एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *