दरबारमार्गमा महानगरको फुटपाथ बिस्तार (तस्बिरहरु)
मकालु खबर
२०८१ मंसिर १८ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ बिस्तार कार्यक्रमअन्तर्गत दरबारमार्ग क्षेत्रमा काम तिब्रताका साथ अघि बढाएको छ ।
फुटपाथ बिस्तारअन्तर्गत महानगरले ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षणका काम गरिरहेको हो । प्रमुख व्यापारिक केन्द्र दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्न समेत सास्ती हुने गरेको थियो ।
महानगरपालिकाले महानगरभित्रका प्रमुख व्यापारिक केन्द्रहरुमा पुटपाथ बिस्तार गर्दै आएको छ । केही समयअघि महानगरपालिकाले न्युरोड लगायतका क्षेत्रमा पनि फुटपाथ बिस्तार गरेको थियो ।
मकालु खबर
२०८१ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित