विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए । उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरू आउनसक्ने बताए ।
उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरू आउन नसक्ने बताए । उनले १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरू आउन नसक्ने बताए । उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरू आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए ।
कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिजर्भर आयोजनाहरू र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको बताए । उनले विद्युत् प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताए । उनले सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले २०० मेगावाटका सोलार आयोजना अगाडि बढाएको बताए ।
उनले भने ‘प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरको प्रोजेक्टहरूको पीपीएमा केही स्थगन गरेको अवस्था हो । कोटा पूरा गरेर बसेका छौं । २८ हजार ५ सय मेगावाटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्ने छ । हामी अगाडी बढाउँछौ । बजारलाई बन्द गरेर बसेर आयोजनाहरू आउँदैन भन्ने अवस्था हेर्नुपर्छ । प्राधिकरणले केही जोखिम लिएन भने आयोजनाहरू आउँदैनन् । १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजार नै आउँछ भन्ने छैन । धेरै आयोजनाहरूको टेक्नीकल समस्याहरू आउँछन् । ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरू आए भने पनि त्यसले ठूलो सहयोग गर्छ । २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने ,रिर्जभवर आयोजनाहरू र सोलार पनि त्यसैभित्र राखेका छौ । प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको छ । विद्युत् प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिने गरेको थिएन तर अहिले प्राथमिकता दिनुपर्ने अवस्था छ । सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न सक्दैन । एक दुई वर्षभित्रै तर सोलारबाट हामीले ९६० मेगावाटको एलओआई दिएका छौं । २०० मेगावाटका सोलार अगाडि बढाएको अवस्था छ । १२ सय मेगावाटको सोलार उत्पादन हुँदा सुख्खा समयमा विद्युत् माग पूरा गर्न समस्या हुँदैन । भारतबाट दिउँसो मात्रै विद्युत् आयात गर्न अनुमति छ । बेलुकाको पिकिङ समयमा आयात गर्न दिँदैन । राती र दिउँसो मात्रै विद्युत् आयात गर्न सहमति भएको छ । जलविद्युतमा भारत,बङ्गलादेशसम्म खुला भएको अवस्थामा विद्युत् प्राधिकरणले जोखिम लिएको छ । बजारको जोखिम लिएका छौं ।’
उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरूलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरू परिमार्जन गर्न लागिएको बताए । उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताए ।
नेपालमा २८ हजार मेगावाटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताए ।