एनपिएल : पोखरा एभेञ्जर्सले पायो १६२ रनको लक्ष्य
मकालु खबर
२०८१ मंसिर १८ गते
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पाँचौँ खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो ।
चितवन राइनोजका लागि रवी बोपाराले अर्ध शतक बनाए । उनले ३८ बलमा ५१ रन बनाए ।
राइनोजका कप्तान कुशल मल्लले ३८ रनको आक्रामक पारि खेले ।
ओपनर हसन इसाखिलले १४ रन बनाए । अर्का ओपनर दीपक बोहरा २ रन बनाएर आउट भए ।
लुक बेन्केनस्टाइनले १६ रन बनाए भने सन्तोष कार्कीले ११ रनको योगदान दिए ।
शरद भेषवाकर ११ र अमर रौटेला १३ रनमा नट आउट रहे ।
पोखरा एभेञ्जर्सका विपिन खत्री, बास डे लीडे र रेमन रेफरले समान २–२ विकेट लिए ।
स्पिनर सागर ढकालले १ विकेट लिए ।
मकालु खबर
२०८१ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित